प्रदेश सीटीईभीटीकी निर्देशक लामाले लिइन् शपथ
बुधबार, १७ पुस २०८१, १७ : ३५

हेटौंडा । बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी)को प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । बुधबार प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले निर्देशक लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
गत पुस ११ मा बसेको मन्त्रिपरिषद् बैठकले लामालाई प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार नियुक्त भएकी म्यागङ गाउँपालिका–४ नुवाकोटकी लामालाई बुधबार शपथ ग्रहण गराइएको हो ।
लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य हुन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई
-
‘अहिलेको चुनाव दल भर्सेस कानुन व्यवसायी हो’
-
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाहरूको एमओयूमा हस्ताक्षर
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पहिलो पटक यति धेरै बढ्यो राष्ट्रिय नाचघरको आम्दानी