माधव नेपालसँग छलफलपछि वामदेवको प्रतिक्रिया– हामी दुई एकजुट भइसक्यौँ
![माधव नेपालसँग छलफलपछि वामदेवको प्रतिक्रिया– हामी दुई एकजुट भइसक्यौँ](https://npcdn.ratopati.com/media/news/madhav-bamdev_v4ltzghakq_1EHLopI5Qs.webp)
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् । बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका लागि माधव र आफू एकजुट भएको बताए । उनले जुन दिन एकता हुन्छ, त्यही दिन मिडियालाई जानकारी दिने प्रतिक्रिया दिए ।
‘माधवजी र म एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन यसरी एकता भयो भनेर तपाईँलाई जानकारी गरौँला’, उनले भने ।
यस्तै कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै गौतमले छिट्टै हुन सक्ने बताए । यस्तै भीम रावललाई समेट्ने विषयमा माधवलाई नै थाहा होला भन्ने जवाफ फर्काए । यस्तै तपाईँ केपी ओलीबाट पीडित भएको हो भन्ने प्रश्नमा असहमति जनाउँदै आफू राजीनामा दिएर एमालेबाट निस्केको व्यक्ति भएकाले ओली, प्रचण्ड, माधव र झलनाथ कसैबाट पनि उत्पीडनमा नपरेको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेन्डिङमा प्रदीप र दिव्याको डान्स ‘म त फ्यान भए यार’
-
ट्रम्पको अतिरिक्त करको मारमा कोका–कोला
-
दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट समिटमा मुख्यमन्त्री लामा
-
‘परालको आगो’को मुख्य भूमिकामा भित्रिए जितु
-
बिहीबारदेखि नसर्ने रोगको फैलावट रोक्न परीक्षण अभियान, १ करोड ४० लाख नागरिकलाई समेटिने
-
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क