अनलाइन जागिरको नाममा लिंकहरु पठाएर ठगी, साइबर ब्युरोले गरायो सचेत

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइन जागिरका साथै विभिन्न प्रलोभन देखाएर लिंकहरु पठाएर ठगीका घटनाहरू अत्यधिक बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्टर, भाइबरलगायतका सामाजिक सञ्जाल प्लेटफममा अनलाइन जागिरको नाममा विज्ञापन गरिएका लिंकहरु पठाउने र धोकापूर्ण तरिकाले प्रलोभनमा पारेर ठगी गर्ने घटना अत्यधिक बढेको पाइएकाले सचेत रहन आम सर्वसाधारणलाई अनुरोध गरेको हो ।
यसका साथै खल्ती, इसेवा जस्ता विभिन्न वालेट तथा बैंक/वित्तीय संस्थाहरूबाट बोलेको भनेर ओपीटी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अनलाइन सपिङलगायतका बहानामा पनि ठगी गर्ने कार्य भइरहेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
ब्युरोले यस्तो अवस्थामा आम जनमानसमा गलत विज्ञापनहरूमा विश्वास नगर्न, आआफ्नो व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित तबरले प्रयोग गर्न सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन, तस्बिरहरू
-
रास्वपाभित्र कुनै गुट–उपगुट छैन, सबै रवि गुट मात्र : अर्याल
-
मेरो गोरखपुरको यात्रा
-
जनताको असन्तुष्टिलाई धमिलो पानी बनाई राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र हुँदैछ : मोर्चा
-
दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा भूमिगत हुँदादेखि नै उठाएको हुँ : प्रचण्ड
-
दीपेन्द्रको विस्फोटक ब्याटिङ र ललितको घातक बलिङसामु निरीह बन्यो मधेस