नेपालमा कति छ होटल तथा रेष्टुरेण्टको संख्या ?
काठमाडौँ । नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । बुधबार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो ।
आर्थिक वर्ष २०७९/०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ । उक्त संख्यामा रहेका होटल तथा रेष्टुरेण्ट सञ्चालकहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
सार्वजनिक तथ्यांकअनुसार देशभरका उक्त होटल तथा रेष्टुरेण्टमा काम गर्नेहरुको संख्या एक लाख ६ हजार ४५९ रहेको छ । यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारहरूको लागि तलब, ज्याला र सुविधामा करिब २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ ।
सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरुको करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।
होटल तथा रेष्टुरेण्टले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ । देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टको करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांकले देखाएको छ ।
तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्डहरु पूरा गरेको बताए । गणकहरुलाई दिने सेवा सुविधाहरूमा कमी रहेको उनले बताए । होटल तथा रेष्टुरेण्टमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिएको र ७१.६ प्रतिशतका ऋण नभएको तथा नलिएको देखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल