मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भीम रावलको घोषणा, त्यसपछि पार्टी

काठमाडौँ । एमालेबाट बर्खास्तीमा परेका भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।
उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।
उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपर्थ्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उनले भने । देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ?
-
एक सय किसानलाई बिना धितो २ लाखसम्मको ऋण दिने सम्झौता
-
अब गाडी फुल चार्ज हुन १० मिनेट पनि नलाग्ने
-
आईपीएलमा ‘अरेन्ज क्याप’ र ‘पर्पल क्याप’ जित्ने खेलाडीले कति पुरस्कार पाउँछन् ?
-
स्ववियु चुनाव : कर्णालीमा माओवादी निकट विद्यार्थी संगठनको दबदबा
-
नेप्से परिसूचक १४.८८ अंकले घट्दा कारोबार रकममा सामान्य वृद्धि