प्रेम सम्बन्धका कारण पुनः चर्चामा तृप्ति
![प्रेम सम्बन्धका कारण पुनः चर्चामा तृप्ति](https://npcdn.ratopati.com/media/news/image-(1)_sZ3ObdRRSP.png)
मुम्बई । तृप्ति डिमरी अहिले आफ्नो सम्बन्धका कारण चर्चामा छिन् । यसैबिच, अभिनेत्री आफ्नो अफवाह प्रेमी साम मर्चेन्टसँग ‘रोमान्टिक’ छुट्टीमा गएको खबर छ ।
उनले आफ्नो छुट्टीको धेरै तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्बिरमा तृप्तिसँग एक व्यक्ति देखिएका छन् । यो देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तस्बिरमा देखिएका व्यक्ति अभिनेत्रीका प्रेमी साम मर्चेन्ट हुन सक्ने अनुमान गरेका छन् ।
तृप्ति हाल फिनल्याण्डमा बिदा मनाइरहेकी छिन् । सामाजिक सञ्जालमा फोटो र भिडियो सेयर गर्दै उनले लेखेकी छन्, 'आज मेरो जीवनको सबैभन्दा खुसीको अध्याय हो।'
तृप्ति र सामको सम्बन्ध धेरै पटक चर्चामा आएको छ । साम एक मोडल हुन् । उनले सन् २००२ मा ग्लाड्राग्स म्यानहन्ट प्रतियोगिता जितेका थिए। मोडल हुनुका उनी एक व्यवसायी पनि हुन् । साम गोवास्थित कासावार्टर्स र एव्रे गोवा फर्मका मालिक हुन्।
तृप्तिले आफ्नो अभिनय करियरको सुरुवात वर्ष २०१७ मा कमेडी फिल्म पोस्टर ब्वाईजबाट गरेकी थिइन्। उनी पछिल्लो पटक भुल भुलैया ३ मा देखिएकी थिइन् । फिल्म १ नोभेम्बर २०२४ मा सिनेमा घरहरूमा रिलिज भएको थियो।
उनी सन् २०२३ मा चलचित्र ‘एनिमल’ मा देखिएकी थिइन् । फिल्म एनिमलमा तृप्तिले निकै सानो भूमिका निभाएकी थिइन् । यसका बाबजुद पनि उनले यो फिल्मबाट निकै चर्चा कमाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा
-
भ्यालेन्टाइन्स डेमा उपहार होइन, यी बानीमार्फत् जित्न सकिन्छ पार्टनरको मन
-
गीतसंगीतमा कपीराइट उल्लंघन भयावह
-
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
‘हाम्रो देशमा कपीराइट भनेकै बुझेनन्’
-
फ्राइडे रिलिज : देशभर भिड्दै ‘दुखी आत्मा’ र ‘रंगी’