बुमराहले बनाए नयाँ रेकर्ड

काठमाडौँ । तीव्र गतिका बलर जसप्रित बुमराहले आईसीसी टेस्ट वरीयतामा कुनै पनि भारतीय बलरले हासिल गरेको सबैभन्दा धेरै रेटिङ अङ्कको कीर्तिमान बनाएका छन् । मेलबर्न टेस्टमा सफल प्रदर्शन गरेका बुमराहले ९ विकेट हात पार्दै थप अङ्क बटुल्न सफल भएका हुन् ।
यसअघि उनी ९०४ अङ्कसहित आईसीसी टेस्ट बलरको वरीयतामा शीर्ष स्थानमा रहेका थिए । उनले त्यतिबेला रवीचन्द्रन अश्विनले बनाएको रेकर्ड बराबरी गरेका थिए । अहिले उनको अङ्क ९०७ पुगेको छ । उनी सबैभन्दा धेरै अङ्क बटुल्ने बलरको सूचीमा १७ औँ स्थानमा पुगेका छन् ।
यो सूचीमा इंग्ल्याण्डका बलर सिड्नी बार्नस् (९३२) अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यसपछि इंग्ल्याण्डका जर्ज लोमान (९३१), इमरान खान (९२२) र मुथैया मुरलीधरन (९२०) शीर्ष चार स्थानमा रहेका छन् । बुमराह आईसीसी अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी र सर गारफिल्ड सोबर्स ट्रफीका लागि छनोट भएका छन् ।
सन् २०२४ मा, बुमराहले सबै तीन ढाँचामा संयुक्त रूपमा सबैभन्दा धेरै ८६ विकेट लिए । उनले १३ टेस्ट खेलेर सर्वाधिक ७१ विकेट लिएका थिए । उनको औसत १४.९२ मात्र थियो। ४५ रनमा ६ विकेट लिनु उनको एक इनिङ्सको उत्कृष्ट प्रदर्शन थियो ।
उनको बलिङले भारतलाई टी (२) विश्वकप जिताउन पनि मद्दत गर्यो। उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट भए । उनले प्रतियोगिताको ८ खेलमा जम्मा १५ विकेट लिए । उनले गत वर्ष एउटा पनि एकदिवसीय खेलेनन् ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)