भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण

काठमाडौँ । एमालेको कारबाहीमा परेका भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण सोधेका छन् । ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनबाटै उनले स्पष्टीकरण सोधेका हुन् ।
ओलीले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिए ।
त्यसक्रममा उनले ओलीलाई विभिन्न समयमा राष्ट्रहित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिवद्धता पुरा नगरेको, सङ्क्रमणकालीन काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गरे ।
उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा
-
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित