तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा तय
बुधबार, १७ पुस २०८१, १३ : ५७
![तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा तय](https://npcdn.ratopati.com/media/news/images_nWSovdmWwT.jpg)
काठमाडौँ । नेपालमा मनाइने तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारा तय भएको छ । माघ १ गते तय भएको राष्ट्रिय कृषि जैविक विविधता दिवसका लागि ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ नारा तय भएको हो ।
कृषि मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार जलीय, पशुपन्छी, घाँसे बाली, कृषि–किरा, कृषि सूक्ष्म जीवाणु र पर्यावरणका आधारमा नेपालमा तीन वर्षयता जैविक विविधता दिवस मनाइँदै आएको छ ।
खाद्य, पोषण, स्वस्थ, व्यवसाय र वातावरणको लागि कृषि जैविक विविधता आवश्यक भएकाले २०७९ सालबाट नेपालमा प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल