श्रम मन्त्रालयले पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्दै
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्ने भएको छ। २०५४ सालदेखि सम्मेलन आयोजना गर्दै आएको मन्त्रालयले पाँचौं रोजगार सम्मेलन गर्न लागेको हो।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले आगामी फागुन १६ र १७ गते काठमाडौँमा सम्मेलनको आयोजना गर्न लागिएको बताए।
राेजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी सम्मेलनमा ५०० जनाको सहभागिता रहनेछ।
अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा सङ्कुचन आएको मन्त्रालयले जनाएको छ। सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूलाई नियमन मात्रै नभई, प्रवर्द्धनकारी भूमिका समेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको प्रवक्ता घिमिरेले बताए।
सम्मेलनमा कार्यपत्र र विषयविज्ञहरुको समेत प्रस्तुतीकरण हुनेछ । साथै, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवर्द्धनमा तीन तहका सरकार तथा निजी क्षेत्रको भूमिका, मानव अधिकार र उत्तरदायी व्यवसाय, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बिमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रमा उपयोग लगायतका विषयबस्तुहरुमा विषयविज्ञहरुबाट प्रस्तुतीकरण, टिप्पणी र छलफल हुने मन्त्रालयले जनाएको छ।
सम्मेलन स्थलमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरूको स्टलमार्फत् समेत श्रम तथा रोजगार सम्मेलन सम्बन्धी सूचना तथा जानकारी दिइने मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा श्रीदेवीको प्रेममा पागल थिए रामगोपाल वर्मा, छोरी जाह्नवीको बारेमा के भने ?
-
तस्बिरमा हेर्नुहोस् रविविना रास्वपाको केन्द्रीय समिति बैठक
-
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
-
शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
-
ट्रम्पविरुद्ध ‘हस मनी’ मुद्दामा सजाय सुनाइने, जेल सजायबारे न्यायाधीशले के सङ्केत गरे ?
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)