धेरै जातजाति, भाषाभाषीहरु नेपालको सम्पत्ति : अध्यक्ष राउत
_nqlRH4SkLZ.jpg)
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताएका छन् ।
बुधवार माइतीघर मण्डलामा राष्ट्रिय पोसाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धेरै भेसभुसा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे । उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए । राउतले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो आफ्नो पोसाक लगाइ पोसाक दिवस मनाउनुपर्ने बताए ।
उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए ।
उनले भने, ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरू, भाषाभाषीहरु, भेसभुसा भएका मानिसहरू छन् । हाम्रो लागि त्यो कमजोरी होइन । यो हाम्रो लागि सम्पत्ति हो । यो सबैलाई हामीले सम्मान गर्नुपर्छ । त्यही आशयले हामी आज राष्ट्रिय पोसाक दिवस मनाउँदै छौँ । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्टा गरियो । लामै संघर्ष गर्यौँ । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जातजातिको मात्रै भेसभुसा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेसभुसा लगाउने हो ।’
राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरू धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरूले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोसाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल