काठमाडौँ र ललितपुरसहित ५ जना मृत अवस्थामा फेला
बुधबार, १७ पुस २०८१, १२ : २९

काठमाडौँ । काठमाडौँ र ललितपुरसहित विभिन्न जिल्लाहरूमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, गोदावरी नगरपालिका-२ तेधरी बस्ने ४६ वर्षीय मनोज भट्ट आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-१६ देउराली डाँडा बस्ने ६२ वर्षीय गोविन्द दमै सोही ठाउँस्थित पहिरा वन सामुदायिक जंगल नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- पर्सा, वीरगन्ज महानगरपालिका-१६ स्थित नेपाल भारत सिमाना मितेरी पुल नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन