जेजु एयरको ब्ल्याक बक्सबाट झिकियो डेटा

सोल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको एउटा ब्ल्याक बक्सको डेटा निकाल्ने काम पूरा भएको छ । अनुसन्धानकर्ताहरूले सो ब्ल्याक बक्सबाट सबै डेटा निकालिसकेको दक्षिण कोरियाको यातायात मन्त्रालयले भनेको छ ।
ककपिटको भ्वाइस रेकर्डरको डेटालाई अब अडियो फाइलमा परिणत गरिने बताइएको छ । दोस्रो ब्ल्याक बक्स अर्थात् फ्लाइट डेटा रेकर्डरको डेटा निकाल्न भने अलिक धेरै समय लाग्ने अधिकारीहरूले भनेका छन् ।
फ्लाइट र भ्वाईस रेकर्डरका डेटाले दुर्घटनालाई स्पष्टसँग बुझ्न सघाउने आशा अनुसन्धाताहरूले गरेका छन् । दक्षिण कोरियामा धावनमार्गबाट विमान चिप्लिएर अगाडिको पक्की पर्खालमा ठोक्किँदा विमानमा सवार १७९ जनाको ज्यान गएको थियो ।
यस घटनामा दुई जना क्रु मेम्बर मात्रै बाँच्न सफल भएका थिए । यो दक्षिण कोरियामा भएको अहिलेसम्मकै सबैभन्दा भयानक विमान दुर्घटना हो । अनुसन्धाताहरूले अहिले फ्लाइट डेटा रेकर्डरको डेटा डिकोड गर्ने उत्तम तरिकाबारे छलफल गरिरहेको बताइएको छ । अहिलेसम्म चरासँग विमान ठोक्किएर दुर्घटना भएको ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त