शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय

आफ्नै फैसलाप्रति म्याक्रोलाई पछुतो

बुधबार, १७ पुस २०८१, १२ : ०७
बुधबार, १७ पुस २०८१

पेरिस । समय अगावै चुनाव गराउने आफ्नो निर्णयप्रति फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई पछुतो भएको छ । अहिले आएर आफ्नो उक्त निर्णयलाई म्याक्रोले गलत मानेका हुन् । 

आफ्नो यस निर्णयका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको उनको भनाई छ । यसबाट आफू दुःखी भएको अनि आफ्नो दाउ उल्टो भएको पनि उनले बताएका छन् ।

नयाँ वर्ष सुरु हुनुअघि देशवासीको नाममा गरिएको एक सम्बोधनमा म्याक्रोले यस्तो बताएका हुन् । ‘म यो स्वीकार गर्छु कि समय अगावै चुनाव गराउने निर्णयले शान्ति भन्दा बढी अस्थिरता पैदा भएको छ । साथै फ्रान्सका जनताको लागि यो समाधानको सट्टा संसदमा विभाजन भएको छ ।’ 

चुनावमा आफ्नो पार्टीको कमजोर प्रदर्शनपछि राजनीतिक अवस्था स्पष्ट गर्न आवश्यक रहेको भन्दै म्याक्रोले जुनका लागि चुनावको घोषणा गरेका थिए । त्यतिबेला उनले आफ्नो यस निर्णयलाई जायज ठहराएका थिए । तर चुनाव गराउनुको प्रभाव सोचेजस्तो नआएपछि उनलाई अहिले उक्त निर्णयप्रति पछुतो भइरहेको छ ।

२०५० लाई ध्यानमा राखेर काम होस् भन्ने आफूले चाहेको  पनि सम्बोधनमा उनले भनेका छन् । आफ्नो अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा र बच्चाहरूको लागि चुनाव गराउनुपर्ने पनि उनले बताए । अन्तर्राष्ट्रिय व्यापारको मामिलामा युरोपेली सङ्घ (ईयू)ले आफ्नो सोझोपन त्याग्नुपर्ने उनको भनाई थियो । 

अरूले बनाएको व्यापारको नियमलाई मान्दिन भन्नुपर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने धम्कीलाई लक्षित गर्दै म्याक्रोले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप