बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक
बुधबार, १७ पुस २०८१, ११ : ५३
१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनको लागि उक्त रकम बराबरको बोलकबोल गरेको छ ।
बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपछि राष्ट्र बैंकले यस्ता मौद्रिक उपायमार्फत तरलता खिच्ने गर्छ ।
आज बोलकबोल आह्वान गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुनेछ । यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ ।
उक्त रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
-
‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ
-
धनगढीमा श्रीमदभागवत सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन