यस्तो छ ‘एक्टर’को रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ...’
बुधबार, १७ पुस २०८१, ११ : ३०
![यस्तो छ ‘एक्टर’को रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ...’](https://npcdn.ratopati.com/media/news/capture_GsNOh1G9Fj.jpg)
काठमाडौँ । ‘एक्टर’ आगामी ४ माघबाट देशभर प्रदर्शनमा आउने फिल्मको हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ, मेरो पोखरा’ सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतमा प्रिन्स थापा र शिवानी गिरीको अभिनय छ ।
रामचन्द्र काफ्ले र रश्मि उपाध्यायको स्वर रहेको गीतमा संगीत सम्राट थापाले दिएका छन् । प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन कथावस्तु रहेको फिल्मका निर्माता मनोहरी थापा हुन् ।
फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह, निशा केसी भण्डारी लगायतका कलाकारको अभिनय छ ।
मदन घिमिरेको निर्देशन रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा र यसको प्रभावकारिता
-
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
-
माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन (तस्बिरहरू)
-
'एक्टिङ स्टार'काे प्रि-जजमा २२२ जनाले देखाए अभिनय कला
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची