स्रष्टा समाजको स्थापना दिवसमा दुई स्रष्टा सम्मानित
काठमाडौँ । नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेमा आर.डी.प्रभास चटौत र युवा कवि मनोज भण्डारी रहेका छन् । चटौत २१ हजार १ सय ११ सहितको ‘सुभद्रा – विश्वराज स्रष्टा सम्मान–२०८१’ र भण्डारी रु १५ हजार एक सय रुपैयाँ राशिसहितको ‘कँडेल युवा स्रष्टा सम्मान–२०८१’बाट सम्मानित भए । चटौत र भण्डारीलाई वरिष्ठ साहित्यकार राजेन्द्र विमल तथा पुरस्कारका संस्थापक साहित्यकार विधान आचार्यले उक्त सम्मान प्रदान गरे ।
कवि भण्डारी नेपाल संस्कृत विश्वविद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता हुन् । पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी हाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पदमा कार्यरत छन् ।
यसैगरी चटौत नेपाली, अङ्ग्रेजी, हिन्दी साहित्यका ज्ञाता, सम्पादक, ज्योतिष शास्त्रमा समेत दखल भएका, प्राध्यापन, विभिन्न साहित्यिक सङ्घसंस्थामा क्रियाशिल ब्यक्ति हुन् । उनको झन्डै तीन दर्जन कृति प्रकाशित छन् ।
कार्यक्रममा डा.विमलले विश्व साहित्यमा नेपाली साहित्यलाई लैजान सबैले चिन्तन गर्नुपर्नेमा जोड दिए ।
स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गत वर्ष समाजले ३१ वटा कार्यक्रम गर्न सफल भएको स्मरण गर्दै समाजका सम्पूर्ण सदस्यहरूको सहयोगमा यो सम्भव भएको धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साजिद खान भन्छन्- यौन उत्पीडनको आरोपपछि धेरै पटक आफूलाई सिध्याउने प्रयास गरेँ
-
विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह
-
पत्रकार पुडासैनीको निधन
-
३०-३०-३० डाइट भनेको के हो ? के यसले तौल घटाउँछ ?
-
लुइस ब्रेल : जो आफै दृष्टिविहीन भएर पनि दृष्टिविहीनलाई लेख्न र पढ्न सक्षम बनाए
-
तराई र उपत्यकामा हुस्सु, कस्तो रहला अन्यत्रको मौसम ?