शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय

सिरियाली सेनाको शीर्ष पदमा विदेशी लडाकु

बुधबार, १७ पुस २०८१, १० : ५३
बुधबार, १७ पुस २०८१

दमास्कस । सिरियाका नयाँ अधिकारीहरूले केही विदेशी इस्लामिक लडाकुलाई सरकारी सेनामा शीर्ष पद दिएको खुलासा भएको छ । डिसेम्बरको सुरुमा सिरियाली राष्ट्रपति बशर अल–असदको सरकारलाई ढलाउन मुख्य भूमिका खेलेको इस्लामिक समूह हयात तहरिर–अल–शाम (एचटीएस)ले यतिबेला सिरियाली सेनालाई पुनःसंगठित गरिरहेको छ ।

यो कदमको सिरियाको नयाँ नेतृत्वले भने पुष्टि गरेको छैन । तर सेनामा विदेशी लडाकुलाई स्थान दिने यस निर्णयले सिरिया बाहिर र भित्र भने देशको भविष्यलाई लिएर चिन्ता र चासो उत्पन्न भएको भन्दै बीबीसीले समाचार छापेको छ ।

सिरियाका नयाँ नेता अहमद अल–शराले देशभित्रका कुर्द्स र क्रिश्चियन समुदायका प्रतिनिधिहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेकै समयमा यो खबर आएको हो ।

सेनामा घोषणा भएका ५० नयाँ भूमिकामध्ये कम्तीमा पनि ६ वटा भूमिकामा विदेशी रहेको अनुमान गरिएको छ । प्रकाशित नाम हेर्दा चिनियाँ उइघर, जोडर्नेली र टर्किश नागरिक समेत रहेको देखिएको छ ।

यी सबैलाई कर्णेल वा बिग्रेडियर जनरलजस्ता उच्च पद दिइएको छ । असद नेतृत्वको सरकार विरुद्धको लडाइँमा विभिन्न देशबाट हजारौँ लडाकु आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप