जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ । मङ्गलवार अभियानका संयोजक समेत रहेका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो ।
एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको छ । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरेको सो पार्टीले अभियानसँगै सङ्गठन विस्तारलाई जोड दिने बताएको छ ।
‘मंगलबारको बैठकमा अभियानको तयारी कसरी गर्ने भनेर छलफल भएको हो’, उपमहासचिव रामकुमार भट्टराईले भने,‘माघमा देशभर जागरण अभियान चलाउने भन्ने छलफल भएको छ । त्यसको कार्यक्रम र रूपरेखाबारे अर्को बैठक बसेर निर्णयमा पुगिन्छ ।’
अभियानका क्रममा जनतामा जाँदा पार्टीले स्वदेशी उद्योग प्रवर्द्धन ,महँगी एवं भ्रष्टाचार नियन्त्रण गरी रोजगारी र सुशासनलगायतका विषय अघि सार्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ