गुजरातमा आर्सेलर मित्तलको हजिरा स्टिल कारखानामा आगलागी, चार जनाको मृत्यु
बुधबार, १७ पुस २०८१, १० : ०१

नयाँ दिल्ली । गुजरातको सूरत नजिक हजिरामा रहेको एउटा स्टिल कारखानामा आगलागी भएको छ । यो दुर्घटना डिसेम्बर ३१ को राति भएको बताइएको छ ।
समाचार एजेन्सी आईएएनएसका अनुसार यो दुर्घटना आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा भएको हो । आगलागीमा परेर चार जना कामदारको मृत्यु भएको भन्दै आईएएनएस र पीटीआईले समाचार छापेका छन् ।
अर्का एक जना भने घाइते भएको बताइएको छ । घाइतेलाई अस्पतालमा भर्ना गरिएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा