भेनेजुएलामा टिकटकलाई १ करोड डलर जरिवाना

कारकास । भेनेजुएलाको सर्वोच्च अदालतले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकलाई १ करोड डलर जरिवाना तिराएको छ । एपमा भाइरल भइरहेका च्यालेञ्जहरूलाई रोक्न नसकेको अनि यसका कारण तीन जना बालबालिकाको मृत्यु भएको भन्दै सोमबार कम्पनीलाई मजिस्ट्रेट तानिया डी’अमेलियोले ८ दिनभित्र राष्ट्रिय सञ्चार आयोग (कोनाटेल)लाई १ करोड डलर जरिवाना तिर्न आदेश दिएकी छिन् ।
यो रकम भाइरल च्यालेन्जका पीडितहरूलाई क्षतिपूर्ति दिने विशेष कोष स्थापनामा प्रयोग हुने बताइएको छ । भेनेजुएलामा कम्पनीको प्रतिनिधित्व गर्ने कार्यालय खोल्न पनि डी’अमेलियोले टिकटकलाई आदेश दिएकी छिन् । यो फैसला पालन गरेन भने टिकटकले कस्तो परिणाम भोग्नु पर्नेछ भन्नेबारे भने अदालतले केही पनि बताएको छैन ।
यस्ता भाइरल च्यालेन्जका कारण तीन जना बालबालिकाको मृत्यु भएको र अन्य कयौँ. चपेटामा आइरहेको डी’अमेलियोले बताएकी छिन् । तर उनले यसका विस्तृत विवरण भने दिएकी छैनन् । भेनेजुएला सरकारले यस अघि सामाजिक सञ्जाल मञ्चमाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, १२ वर्षीय छोरा घाइते
-
स्वास्थ्य मन्त्रालयद्वारा डा. क्षेत्रीलाई सेवाबाट हटाउने तयारी
-
सुदूरपश्चिममा माओवादी दलभित्रको विवाद समाधान गर्न सांसदहरू जुटे
-
सीप अनुसारको रोजगारी नहुँदा बिदेसिँदै युवा
-
संघर्षबाट खारिएका शेरको देशका लागि विश्वकप जित्ने सपना
-
अफिसमा बसेर फिट रहन गर्नुहोस् यी ५ वटा साना गतिविधि