प्रतिनिधि सभाका नवनियुक्त सचिव राईले शपथ लिँदै
बुधबार, १७ पुस २०८१, ०९ : ४७
काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
सचिव राईको शपथ बिहान साढे ११ बजेलाई तय भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा झापाका राईलाई प्रतिनिधि सभाको सचिवमा मङ्गलवार नियुक्त गरेका थिए ।