एकै दिनमा ३२ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले एकै दिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिबाना रोकिएर लामो समय देखि फरार रहेका ३२ जना प्रतिवादीलाई मङ्गलवार एकैदिनमा प्रहरीले पक्राउ गरेको हो।
सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतीमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
पक्राउ परेका सबैजना लाई फैसला कार्यान्वयन लागी जिल्ला अदालत रौतहटमा मङ्गलवार उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिएका छन्। उनीहरूबाट जरिबाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?