शनिबार, २० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा ‘करेन्ट पोइन्ट’, देशभर सञ्चालनमा ल्याइने

बुधबार, १७ पुस २०८१, ०७ : ०४
बुधबार, १७ पुस २०८१

बुटवल । नेपाली चाउचाउ ब्रान्ड करेन्टका उत्पादक यशोदा फुड्स प्रालिले ग्राहकहरूलाई आफ्ना उत्पादनहरूको स्वाद पस्कने गरी बुटवलको कालिका नगरमा ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ ।

करेन्ट ब्रान्डका सबै परिकार पाइने गरी मंगलदेखि सञ्चालनमा आएको ‘करेन्ट पोइन्ट’ को शुभारम्भ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले गर्दै  यशोदा फुड्सका उत्पादनहरू गुणस्तरीय रहेको बताउँदै स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको बताए ।

यशोदा फुड्सले राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्त्वपूर्ण योगदान दिएको बताउँदै कुनै बेला घ्युको बजारको बजारको रूपमा परिचित भएको बुटवल यशोदा फुड्सकै कारण विश्व बजारमा परिचित भएको भन्दै प्रशंसा गरे । उनले करेन्टका उत्पादनहरू नेपालसहित अमेरिका, क्यान्डा, जापानका साथै एसिया तथा युरोपका प्रमुख देशमा निर्यात गरी उद्योगले बुटवललाई विश्व बजारमा समेत परिचित गराउन सफल भएको भन्दै बधाई समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै यशोदा फुड्सका निर्देशक चुन्न प्रसाद पौडेलले हामीले यहाँ आफ्ना सबै ब्रान्डका उत्पादनहरूका फरक–फरक परिकारहरू तयार गरी ती परिकारका स्वादहरू ग्राहकलाई पस्कने गरी आउट लेट सञ्चालनमा ल्याएको बताए । उनले ग्राहकले आफूले रुचाएका हाम्रा सबै उत्पादनहरू समेत यहाँबाट खरिद गर्न सक्ने बताए ।

उद्योगका अर्को निर्देशक  नरिश्वर पौडेलले  करेन्टका परिकार तयार गरी खुवाउने तथा उनीहरूको तत्काल प्रतिक्रिया पनि लिने उद्देश्यका साथ नेपालमै पहिलो पटक यस्तो आउट लेट सञ्चालनमा ल्याइएको उद्योगका बताए ।

करेन्ट पोइन्ट मार्फत यशोदा फुड्सले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट ३× स्पाइसी, करेन्ट सेजवान, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्स, करेन्ट चिकन पिजा, करेन्ट अकबरे, करेन्ट चटपट, करेन्ट मसला नुडल्स, लाली लगायतका ब्रान्डमा आफ्ना उत्पादनहरू बजारमा बिक्री तथा वितरण गर्दै आइरहेको छ ।

यशोदा फुड्स रुपन्देहीको तिलोत्तमामा २०७३ सालमा स्थापना भई २०७४ सालबाट उत्पादन सुरु गरेको होे । उक्त कम्पनीले  स्न्याक्सअन्तर्गत करेन्ट चिज बल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटाटो क्रयाकर, करेन्ट पोटाटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट कोदो, करेन्ट कोदो चिपस, करेन्ट फापर चिपस लगायतका आफ्ना प्रिमियम उत्पादनहरू नेपालमा बिक्री गर्नुका साथै विश्व बजारमा समेत निर्यात गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप