एआईजी टेक तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा
मङ्गलबार, १६ पुस २०८१, २३ : २६

काठमाडौं । मन्त्रिपरिषद्ले अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
उनी प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख थिए । यसअघि उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्य भने सेवानिवृत भएकी छन् ।
काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्नुपर्ने भएका कारण उपत्यका प्रहरी कार्यालयको जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजयनाथ भट्टराईले गभर्नर छनोट सिफारिस समिति सदस्यबाट दिए राजीनामा
-
शंखरापुर हत्या प्रकरण : आरोपी र मृतक ३ महिनादेखि सँगै बस्थे, मदिराले मातेर हत्या
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी