हवाई इन्धनको मूल्य घट्यो
मङ्गलबार, १६ पुस २०८१, २० : २७
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आज मध्यरातदेखि लागू हुने गरी निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फको मूल्य घटाउने निर्णय भएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ घटेको छ भने अन्तरष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलर घटाइएको छ ।