हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले हुम्लाको सार्केगाड गाउँपालिका तत्कालीन अध्यक्ष कृष्ण रोकायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । स्वार्थ बाझिने गरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनलाई २ वर्ष कैद र ९ लाख ७५ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ । परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।
विशेष अदालतले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै त्यति नै कैद, असुलउपर र जरिवानाको फैसला गरेको छ ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार यस्तो फैसला सुनाएको हो ।
विशेष अदालतले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । उनलाई पनि एक वर्ष कैद र गाउँपालिका तत्कालीन अध्यक्ष बराबर बिगो र जरिवानाको फैसला गरेको छ ।
हंश रोकाया, सेतु रोकाया र तुलराज रोकायालाई एक वर्ष कैद र ४ लाख ८७ हजार रुपैयाँ जरिवाना हुने ठहर अदालतले गरेको छ । हंश र सेतु उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष थिए भने तुलराजले सचिवको हैसियतमा कागजात मिलाउने काम गरेका थिए ।
गाउँपालिकाको उपाध्यक्ष जोसी धामी, इञ्जिनियर रामराज शाही, लेखापालहरू पूर्ण प्रसाद आचार्य र पदमबहादुर धामीले आरोपबाट सफाइ पाएका छन् ।
अख्तियारले २३ असार, २०८१ मा ढुंगाको पर्खाल बनाउन मात्रै १९ लाख ५० हजार रुपैयाँ दुरुपयोग भएको भनी अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज