नेपालका कुन विमानस्थलको कति आम्दानी ?
काठमाडौँ । नेपालमा हाल ५५ वटा विमानस्थल छन् । त्यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेको र बाँकी २० वटा विमानस्थल बन्द अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यसरी सञ्चालन हुन नसकेका विमानस्थलहरूमा बझाङ, रुकुमको चौरजहारी, दार्चुला, ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, कालिकोट, अछामको कमल बजार, कंगेलडाँडा, ओखलढुंगाको खिजी चण्डेश्वरी, रसुवाको लाङटाङ, खोटाङको लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेचौर, चितवनको मेघौली, रोल्पा, ओखलढुंगाको रुम्जाटार, सोलुखुम्बुको स्याङ्बोचे रहेका छन् । प्राधिकरणको रिपोर्टमा टीकापुरलाई बन्द विमानस्थलको सूचीमा राखेको भए पनि अहिले यो सञ्चालनमा आइसकेको छ ।
त्यसबाहेक अन्य ३५ विमानस्थल भने सञ्चालनमा छन् । यसरी सञ्चालित विमानस्थलमध्ये त्रिभुवन, पोखरा र गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल हुन् । आन्तरिक विमानस्थलमध्ये विराटनगर, नेपालगन्ज र धनगढीलाई हब विमानस्थलको रूपमा वर्गीकरण गरिएको छ । यो विमानस्थलबाट विभिन्न विमानस्थलमा उडान हुने गरेको छ ।
बाँकी २९ विमानस्थल आन्तरिक विमानस्थल पनि अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेको विमानस्थलहरूमा बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, डोल्पाको जुफल, डोटी, इलामको फाल्गुनन्द सुकिलुम्बा, गुल्मीको रेसुङ्गा छन् ।
त्यस्तै, जनकपुर, जोमसोम, जुम्ला, खानीनन्द, पोखरा, फाप्लु, राजविराज, रामेछाप, मुगुको ताल्चा, रुकुमको सल्ले, अछामको साँफेबगर, बाराको सिमरा, हुम्लाको सिमकोट, सुर्खेत, ताप्लेजुङ, सोलुखुम्बुको लुक्ला, खोटाङको थामखर्क र संखुवासभाको तुम्लिङटार विमानस्थल समेत सञ्चालनमा रहेका छन् ।
प्राधिकरणको आम्दानीमा टीआईएकै भर
देशभर विमानस्थल सञ्चालनमा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी भने त्रिभुवन विमानस्थलमै निर्भर हुने गरेको देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ मा कुल १२ अर्ब ८६ करोड रुपैयाँ बराबरको आम्दानी गरेको हो । जुन अरू सबै विमानस्थलले गरेको आम्दानीभन्दा १० गुणा बढी छ ।
यो अवधिमा प्राधिकरणले जम्मा १४ अर्ब ६५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । त्रिभुवन विमानस्थल बाहेक प्राधिकरणले प्रधान कार्यालयबाट २८ करोड, उड्डयन सुरक्षा मापदण्ड विभागबाट १३ करोड १७ लाख रुपैयाँ र नागरिक उड्डयन एकेडेमीबाट १ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको देखिएको छ ।
यसबाहेक देशभर रहेका त्रिभुवन विमानस्थल बाहेकका ३४ वटा विमानस्थलको आम्दानी जम्मा १ अर्ब ३४ करोड रुपैयाँ छ । यसमध्ये चारवटा विमानस्थलको पोखरा विमानस्थलबाट ३४ करोड ९३ लाख रुपैयाँ, भैरहवा विमानस्थलको २१ करोड १३ लाख रुपैयाँ, विराटनगर विमानस्थलको १७ करोड ५६ लाख रुपैयाँ, नेपालगन्ज १३ करोड ११ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
यसबाहेक बाँकी आठवटा विमानस्थलको आम्दानी एक करोडभन्दा बढी छ । यसमध्ये चन्द्रगढी ८ करोड १७ लाख, धनगढी ६ करोड ५६ लाख, भरतपुर ६ करोड ३९ लाख, जनकपुर ६ करोड १२ लाख, सिमरा ५ करोड ९४ लाख, लुक्ला ६ करोड २३ लाख, सुर्खेत २ करोड ७३ लाख र रामेछाप विमानस्थलको आम्दानी १ करोड ४१ लाख रुपैयाँ रहेको छ । बाँकी सबै विमानस्थलको कमाइ १ करोडभन्दा पनि कम छ । आर्थिक वर्ष २०८०÷८१ मा डोटी विमानस्थलले सबैभन्दा कम ४ सय ७४ रुपैयाँ मात्रै आम्दानी गरेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको मुद्दामा मधेसवादी र माओवादी एक ठाउँमा आउने सम्भावना कति ?
-
स्कुटर दुर्घटनामा श्रीमान्काे मृत्यु, श्रीमती गम्भीर घाइते
-
नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता
-
१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबिच सम्झौता
-
पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैन : मन्त्री पाण्डे
-
सिमानाकाबाट भित्रिने पर्यटकहरू प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौँ : अध्यक्ष जोशी