विश्वविद्यालयहरूको विकास र सुधारका लागि छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको विकास र सुधारका लागि छलफल थालेको छ । उच्च शिक्षा क्षेत्रको सुधार र गुणस्तर कायम राख्न के गर्नुपर्छ भन्ने विषयमा मन्त्रालयले छलफल अघि बढाएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले उच्च शिक्षा क्षेत्रमा सुधार र गुणस्तर कायम राख्न सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइन् । सम्बन्धनको विषय पेचिलो भएकाले यस विषयलाई वैज्ञानिक दृष्टिकोणबाट हेरिनुपर्नेमा उनले जोड दिइन् ।
विश्वविद्यालय स्वायत्त संस्था भएकाले नियन्त्रणको आवश्यकता नपर्ने तर स्वःअनुशासन र स्वःनियन्त्रण आवश्यक रहने उनले बताइन् ।
विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले शिक्षाको केवल विस्तार गर्ने मात्र नभई यसले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नुपर्ने विषय तर्फ सोच्नुपर्ने समय आएको बताइन् ।
शिक्षाबाट समाजमा वर्ग निर्माण हुन नहुने तथा यसबाट सामाजिक न्यायको पक्षमा काम हुनुपर्नेमा उनले जोड दिइन् । उच्च शिक्षा क्षेत्रमा गुणस्तरको मापन प्रतिस्पर्धामा आधारित हुनुपर्ने साथै, विश्वविद्यालयहरूले गुणस्तर कायम राख्नका लागि सक्रिय भूमिका खेल्नुपर्ने उनले बताइन् ।
विद्यालय र विश्वविद्यालय बिचमा संवाद र अन्तरक्रियाको आवश्यकता रहेको बताउँदै उनले शैक्षिक क्यालेण्डर पालना नगरेमा विश्वविद्यालयहरूमा जाने स्रोत रोक्नुपर्ने सम्मको अवस्था आउन सक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
-
‘नरसिंहाः अवतार’ मा राजसँग रोमान्टिक अवतारमा देखिइन् सनिषा
-
भक्तपुरमा बिस्केट जात्रा सुरु
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु