श्रम ऐन संशोधनका लागि मन्त्रालयले माग्यो सुझाव
मङ्गलबार, १६ पुस २०८१, १८ : २६

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनको तयारी थालेको छ । त्यसका लागि कार्यदल नै गठन गरेर संशोधन मस्यौदा तयार पार्न लागेको हो ।
मन्त्रालयले ऐनमा संशोधन गर्नुपर्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । कुन दफा/उपदफा/खण्ड संशोधन गर्नुपर्ने र त्यसको कारण प्रष्ट उल्लेख गरेर मन्त्रालयमा पेस गर्न भनेको छ ।
विद्यमान श्रम ऐन, २०७४ संशोधनका लागि श्रममन्त्री स्तरीय निर्णय गरेर संशोधन मस्यौदा तयार गर्न श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा रोजगारदाता र श्रमिक संगठनको प्रतिनिधि समेत सदस्य छन् ।
संशोधनका लागि सुझाव पेस गर्न इच्छुक व्यक्तिहरूबाट सुझाव माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक