शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्युचाटार क्रिकेट लिग : मिक्समान्डु र सीईसी क्वार्टरफाइनलमा

मङ्गलबार, १६ पुस २०८१, १७ : ०६
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० क्रिकेट प्रतियोगितामा मंगलबार सातवटा खेलिएका छन् । काठमाडौँ स्युचाटारस्थित तारकेशवर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न खेलमा बीडीएस, तारकेश्वर यूथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर र मिक्समान्डु विजयी भएका छन् ।

समूह ’सी’ अन्तर्गतको खेलमा बीडीएसले स्याङ्जा एभेन्जर्सलाई चार विकेटले हरायो । ७९ रनको लक्ष्य पछ्याउने क्रममा बीडीएसले ९.३ ओभरमा चार विकेट गुमाएर जित हासिल ग¥यो । प्लेयर अफ दि म्याच घोषित बीडीएसका जतिन थापाले २९ रन बनाए । बीडीएस समूह विजेताका रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।स्याङ्जा भने उपाधि होडबाट बाहिरिएको छ ।

समूह ’ए’ अन्तर्गतको खेलमा तारकेश्वर यूथ क्लबले हसनटार यूथ क्लबलाई ११ रनले हरायो । ५० रनको लक्ष्य पाएको हसनटारले ३८ रनमा सबै विकेट गुमायो । प्लेयर अफ दि म्याच घोषित दीपक रेग्मीले तीन विकेट लिए ।

समूह ’डी’ अन्तर्गतको खेलमा थानकोट वारियर्सले पाञ्चायन यूथ क्लबलाई सात विकेटले पराजित ग¥यो । ५६ रनको लक्ष्य थानकोटले ३.२ ओभरमा कुनै पनि विकेट नगमाई पूरा ग¥यो । प्लेयर अफ दि म्याच घोषित थानकोटका प्रनिश श्रेष्ठले २४ रन बनाए । यी दुबै टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

समूह ’सी’ अन्तर्गतको खेलमा हिमालयन क्रिकेट एकेडेमीले स्याङ्जा वारियर्सलाई चार विकेटले पराजित ग¥यो । ५२ रनको लक्ष्य हिमालयन क्रिकेट एकेडेमीले ८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । प्लेयर अफ दि म्याच घोषित जयन्त विष्टले एक विकेट लिनुको साथै १७ रन बनाए । 

समूह ’ए’ अन्तर्गतको खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले (सीईसी) ले चक्रवर्ती ल कलेजलाई ५० रनले हरायो । ८७ रनको लक्ष्य पछ्याउने क्रममा चक्रवर्तीले ३६ रनमा सबै विकेट गुमायो । प्लेयर अफ दि म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका राज बमले तीन विकेट लिनुका साथै १४ रन पनि बनाए । जितपछि क्रिकेट एक्सिलेन्स सेन्टर तिनवटै खेलमा जितसहित क्वार्टरफाइनल पुगेको छ ।

समूह ’डी’ अन्तर्गतको खेलमा मिक्समाण्डुले थानकोट वारियर्सलाई १५ रनले हरायो । ५३ रनको लक्ष्य पछ्याउने क्रममा थानकोट वारियर्सले ३७ रनमा सबै विकेट गुमायो । प्लेयर अफ दि म्याच घोषित मिक्समान्डुका नवीन यादवले १४ रन बनाउनुका साथै दुई विकेट पनि लिए । समूह ’डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी समूह विजेता र मिक्समान्डु समूह उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

समूह ’ए’ अन्तर्गतकै खेलमा क्रिकेट एक्सेलेन्ज सेन्टरले (सीईसी) यूथ हसनटार क्लबलाई ४८ रनले हरायो । ९४ रनको लक्ष्य पछ्याउने क्रममा हसनटारले ४५ रनमात्र बनाउन सक्यो । प्लेयर अफ दि म्याच घोषित राज बमले ४० रन बनाए । हसनटार उपाधि होडबाट बाहिरिएको छ ।

पाँचौ दिनको खेलपछि हालसम्म समूह ’ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी), समूह ’बी’ बाट किंङ्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समूह ’सी’ बाट टिम बीडीएस, समूह ’डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

लिग कम नकआउटका आधारमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ दि सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप