एमालेले गर्यो समितिमा विचाराधीन विधेयकमाथि छलफल
मङ्गलबार, १६ पुस २०८१, १६ : ११

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसदीय समितिमा विचाराधीन विधेयकमाथि छलफल गरेको छ ।
पार्टी मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार मंगलबार छलफल गरेको हो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टीबाट प्रतिनिधित्व गर्ने सम्बन्धित समितिका सदस्यहरूको सहभागिता रहेको उनले बताए ।
‘संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूका सम्बन्धमा सम्बन्धित समितिका माननीयज्यूहरूसँग छलफल गरेका छौँ‚’ उनले भने ।