पश्चिम नेपालमा लगातार भूकम्प : विज्ञ भन्छन्, ‘भूकम्प जतिबेला पनि जान्छ, सतर्कता अपनाऔँ’
काठमाडौँ । पश्चिम नेपालमा पटक–पटक भूकम्प जानु सामान्य रहेको विज्ञहरूले बताएका छन् । तर यसबाट जोगिनका लागि ‘आफू र आफ्नो परिवार जोगाउन सक्छु ’ भन्ने सोचले सतर्कता अपनाउनु पर्ने सुझाएका छन् ।
मुलुक नै भूकम्पको जोखिममा रहेकाले व्यक्ति आफू र आफ्नो परिवार जोगाउन सक्छु भन्ने तरिकाले सतर्क हुनुपर्ने जानकारहरू सुझाव दिन्छन् । यो सोचले आफूलाई सतर्क राखेमा मानवीय क्षति कम हुने भूकम्पविद् डा. सुवेदी सुझाउँछन् ।
‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनले भने, ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसो यसो गर्छु भनेर सोच्नु पर्यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुपर्यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’
बैतडी केन्द्रबिन्दु बनाएर आज (मंगलबार) बिहान मात्रै ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि पनि पटक पटक बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।
यसो हुनुमा गत वर्ष जाजरकोटमा गएको भूकम्पको पराकम्प भएको भूकम्पविद्को भनाई छ । २०८० असोज १६ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झा पश्चिम नेपालका अहिलेका भूकम्प जाजरकोट, बझाङ लगायत क्षेत्रमा गएको भूकम्पको पराकम्प भएको बताउँछिन् । उनको भनाइमा जाजरकोटपछि मात्रै पश्चिम नेपालमा पाँच सयभन्दा बढी पराकम्प गइसकेका छन् ।
पश्चिम नेपालमा सञ्चय भएको शक्तिका कारणले लगातार भूकम्प गइरहेको उनको भनाइ छ । सो क्षेत्रमा पश्चिम नेपालमा पाँच सय वर्ष यता ठुलो भूकम्प गएको छैन । यसको मतलब त्यहाँको जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ ।
तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्प गएपछि मध्यपश्चिम र सुदूरपश्चिम नेपालमा ठुलो भूकम्प जान सकेको छैन । शक्ति सञ्चितिलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा ८ म्याग्निच्यूड बराबरको भूकम्प निम्त्याउन सक्ने शक्ति सिञ्चित भइसकेको छ । यसले गर्दा पनि पश्चिम नेपालमा ४ देखि ६ म्याग्निच्यूडका भूकम्प जानु स्वाभाविक रहेको झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव
-
त्रिभुवन विश्वविद्यालयमा नियुक्तिसँगै किन हुन्छ धर्ना ?
-
भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर