'नेपथ्य' अब पुस्तकाकारमा, अग्रिम बुकिङ खुला
!['नेपथ्य' अब पुस्तकाकारमा, अग्रिम बुकिङ खुला](https://npcdn.ratopati.com/media/news/np_Oq7o7aPERW.jpg)
काठमाडौं । सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तक ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरंग’ प्रकाशित हुने भएको छ । जसअनुसार पुस्तकको अग्रिम बुकिङ खुला गरिएको छ ।
‘हामीले आजसम्म अनेक जिज्ञासाहरूको जवाफ दिँदैआएका छौं,’ ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले भने, 'तर, आजसम्म नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।’
पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव पढ्न सकिन्छ । संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरूको जानकारी पनि यसले समेटेको गुरुङले बताए। पुस्तकमा ब्याण्डका उज्याला पक्षहरू मात्र नभई जानीनजानी भएगरेका अँध्यारा पाटाहरू र सिकाइ पनि इमादारीसाथ प्रस्तुत गर्ने आँट देखाइएको छ ।
नेपथ्य ब्याण्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन् । गैरआख्यानको जीवनी विधामा उभिएको पुस्तकले नेपथ्य ब्याण्डको अन्तरंग कथा त भन्छ नै, नेपाली संगीतको एक कालखण्ड –कलाखण्ड अध्ययन गर्न चाहनेहरूका लागि पनि उपयोगी हुने विश्वास गरिएको छ ।
नेपथ्य ब्याण्डको वेबसाइट www.nepathya.com.np मार्फत हुने अग्रिम बुकिङका लागि १३ वटा फरकफरक स्किम उपलब्ध हुनेछ । योजनामा सरिक पाठकले केवल २५ रुपैयाँ तिरेर पनि पुस्तक हात पार्न सक्नेछन् । जबकि उही पुस्तक खरिद गर्नेले दुई हजार २५ रुपैयाँ पनि तिर्न सक्नेछन् । झट्ट सुन्दा कम मूल्य तिरेर पुस्तक खरिद गर्ने पाठक धेरै भाग्यमानी लागे पनि उक्त पुस्तकका लागि बढी मूल्य तिर्ने पाठकलाई पनि उत्तिकै लाभान्वित बनाउने हिसाबले योजना तय गरिएको छ । योजनामा सरिक पाठकहरूले घरमै बसेर पुस्तक सार्वजनिक हुने मिति अगावै आफ्नो प्रति प्राप्त गर्नेछन् ।
पुस्तक औपचारिक रुपमा २०२५ को फेब्रुअरी महिनामा सार्वजनिक हुनेछ । ३५२ पृष्ठको पुस्तकको मूल्य ८१५ रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्