देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् ।
पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले संसद्को पाँच वर्षे कार्यकालमा पाँचै वर्ष सरकारको नेतृत्व गर्ने स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका हुन् ।
संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठुलो कुरा नभएको भन्दै शर्माले कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने पनि उनको भनाइ थियो ।
यस्तै उनले सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अव त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफूले दिएको उनको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरी योजना बनाउनुपर्ने सुझाव दिए ।
सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उनको टिप्पणी थियो । उनले जन्ममितिले नयाँ राजनीतिक दलहरू नभई प्रवृत्तिबाट राजनीतिक दलहरू आवश्यक रहेको बताउनु भयो । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए ।
उनले भने, ‘बुटवलदेखि नारायणगढ हेर्यो तीन वर्षमा सक्ने भनेर सात वर्ष लाग्छ । प्रधानमन्त्री केपी शर्मा ओली हुँदै गर्दा शिलान्यास गर्नुभएको बाटो उहाँ अर्को पटक प्रधानमन्त्री भएर भूतपूर्व हुने बिस्तारै दिन आउन लागिसक्यो अब फेरि पनि बनेको छैन । दक्षिणको मित्रले लिएको हुलाकी मार्ग अलपत्रै छ । दक्षिणसँग दृढतापूर्वक कुरा गर्नुपर्यो । उत्तरले जिम्मा लिएको पोखरा—मुग्लिङको बाटो भन्नुस्, बुटवलदेखि नारायणगढसम्मको बाटो त्यस्तै छ । उनीहरूसँग दृढतापूर्वक कुरा गर्नुपर्यो । आफ्नो राष्ट्रलाई चीनले चमत्कारपूर्वक बनाउनसक्ने अनि हाम्रोमा बनाउँदै गर्दा चीनको कम्पनीले लिएको बाटो ढिलो हुनुपर्ने । भारतले लिएको बाटोको जिम्मामा ढिलाइ हुने । राष्ट्रले राष्ट्रिय सम्मानलाई केन्द्रमा राखेर उत्तर र दक्षिणका राष्ट्रसँग गहन छलफल गर्नुपर्छ । यही पद्धतिभित्र काममा गति बढाउनुपर्छ ।’
उनले थपे, ‘बजेट बन्ने बेला आउँदैछ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह छ, बजेटको नीति ल्याउँदै गर्दा बजेटको नीति र प्राथमिकता चाँडै सरकारले ल्याउँदैछ । तीन सिफ्टमा काम गर्ने गरी सरकारले लिएर आओस् । कमरेड केपी ओलीले यसको श्रेय लिनुस् । धनी देश अमेरिका, बेलायत राति पनि बाटो बनाउँछ, गरिव देश नेपाल सूर्य अस्त नेपाल मस्त ? अलिकति पिएर होस् की नपिएर होस् सबै नेपालमा घुरिरहेका हुन्छौँ । हामीलाई हतार नै नभएको जस्तो । सरकारले नीतिमा काम गर्ने कुरा ल्याउनुपर्यो । अब समुन्नतिको सन्दर्भमा मेलमिलाप हुनुपर्छ । राजनीतिमा भइसक्यो । संसद् ५ वर्षसम्म अब कुनै बहादुरले भङ्ग गरेर हुँदैन । हामीलाई ५ वर्ष स्थिर रहने संसद् मात्रै होइन, अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो । अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ । संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठुलो कुरा होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने