आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा ४ बजे मन्त्रिपरिषद् बैठक

मङ्गलबार, १६ पुस २०८१, १४ : ३२
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

अपराह्न चार बजे बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । सिंहदरबारमा बस्नेगरी बोलाएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । 

मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्छ । तर हिजो सोमबार बैठक नबसेकाले आज मंगलबार बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप