नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष
पोखरा । नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् । सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका हुन् ।
गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै भेलाले नवप्रवेशी गजलकारहरूलाई दिग्भ्रमित पार्ने त्यस्ता प्रयासको भर्त्सनासमेत गरेको छ ।
सो कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकाहरूमा समेत गजलप्रति वितृष्णा जगाएको बताए । विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभई विनाश गरिरहेको धारणा सरुभक्तको थियो । गजलमै विशेषज्ञता हासिल गरेका विद्वान्हरूले समेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको विचार राखे ।
गजलको परम्परागत शाब्दिक अर्थ ‘प्रेमिकासँगको कुराकानी’ लाई मात्रै आत्मसात् गरेर लेख्ने परम्परा धेरै अघि नै तोडिएको भन्दै उनले ‘के त्यसो भए आजका दिनमा पनि महिलाले गजल नै नलेख्ने त ?’ भन्ने प्रश्न गरे । परम्परागत लयविधान मात्रै अँगालेर लेख्नुपर्ने परम्परावादी सोचले एक्काइसौँ शताब्दीका गजलकारको सोचलाई सम्बोधन गर्न नसक्ने विचार राख्दै सरुभक्तले कुन शैलीमा लेख्ने भन्ने कुरा लेखकीय स्वतन्त्रताको कुरा भएको बताए । उनले कसैले लेखेको गजललाई हास्यास्पद लाग्ने खालका कुनै नाम दिने काम बन्द गर्न पनि आग्रह गरे ।
कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सूत्रको नियममा बाँध्ने प्रयास गर्नु मूर्खता हुने भनाइ राखे । वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजलहरूलाई पाठक/श्रोताले आत्मसात् गरेको बताउँदै उनले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने अतिवादी सोचको विरोध गरे । बहरमा रुचि हुनेले बहरमा लेख्दा पनि हुने र स्वतन्त्र लेखनमा रुचि हुनेले स्वतन्त्र लयविधानमा गजल लेख्न सकिने श्रेष्ठको धारणा थियो । ‘एकअर्कालाई हिलो छ्यापेर के फाइदा ?’ श्रेष्ठको प्रश्न थियो । बहर मिलाउँदैमा सबै गजल नबन्ने बरु त्यसको भाव र स्पर्श सामर्थ्य बलियो हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका अध्यक्ष गजलकार लक्ष्मण थापाले कतिपयलाई बहरको भूत सवार हुँदा सूत्र मिलाउने ध्यान मात्रै हुने र गजलको विचार पक्ष मर्ने गरेको उदाहरण दिए । उनले पोखरामा पनि बहरमा लेख्ने गजलकारहरू प्रशस्त भए पनि यहाँ कसैले कसैलाई आक्षेप नलगाएको धारणा राख्दै देशभरि नै आआफ्ना रुचिअनुसारका गजल लेख्न आह्वान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले आवश्यक परे आगामी दिनमा पनि नेपाली गजलका बारेमा थप बहस गर्न यस्ता कार्यक्रममा आयोजना गर्न सकिने बताए ।
गजलकार डा. ईश्वरमणि अधिकारीले गतिशील संसारमा साहित्य पनि गतिशील हुने र समयानुकूल विधागत वैशिष्ट्य पनि परिवर्तन हुन सक्ने बताए । उनले स्वतन्त्र वा बहर जेमा लेखे पनि गजल जस्तो गजल लेख्न सबैसँग आग्रह गरे ।
गजलकार दीपक समीपले आफूले पनि बहर र स्वतन्त्र लयविधान दुवैमा गजल लेख्ने गरेको अनुभव सुनाउँदै बहरमा लेख्दैमा अर्कै लोकका गजलकार बनेको अनुभव नगर्न आग्रह गरे । उनले आआफ्ना रुचि र क्षमताअनुसारका गजल लेख्ने सबैलाई उत्तिकै सम्मान गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा उपस्थित गजलकारहरूले गजललाई गजलका रूपमा स्थापित हुन नदिनका लागि गरिएको षड्यन्त्रको विरोधमा सबै बोल्नुपर्ने बताएका थिए । सोही अवसरमा प्रस्तुत गरिएको अवधारणपत्रमाथि विचार विमर्श गरी सात बुँदे घोषणापत्रसमेत जारी गरिएको छ ।
यस्तो छ घोषणपत्र :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यू अर्लियन्सको ट्रक हमला आतङ्कवादी हमला थियो ?
-
‘साँच्चै भन्दा भीम रावल आफैँ पार्टीमा रहन चाहनुभएन’ : ईश्वर पोखरेल
-
तत्काललाई येओललाई समात्ने प्रयास स्थगित
-
ठगीमा मुछिएपछि लेखा समितिका सभापतिको स्वकीय सचिव बर्खास्त
-
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा
-
रुसमा बशर अल–असदलाई खुवाइएको हो विष ?