मस्कले चुनाव प्रभावित पार्न खोजेको जर्मनीको आरोप

बर्लिन । जर्मनीले खर्बपति अमेरिकी व्यापारी एलन मस्कमाथि आफ्नो आगामी चुनावलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी)को पक्षपोषण गर्ने एउटा लेखको समर्थन गरेर मस्कले फेब्रुअरीमा हुन लागेको निर्वाचनलाई प्रभावित पार्न खोजेको सोमबार जर्मन सरकारले आरोप लगाएको थियो ।
मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको आगामी सरकारमा बाह्य सल्लाहकार पनि हुन् । जर्मन पत्रिका वेल्ट एम सोन्नट्यागमा एक जना अतिथिले एएफडीलाई जर्मनीको अन्तिम आशा बताउँदै एउटा लेख लेखेका थिए । सो लेखलाई मस्कले एक्समा पोस्ट गरेका थिए । यसलाई जर्मन सरकारले चाँहि जर्मनीको सङ्घीय चुनावलाई प्रभावित पार्ने कोसिस भनेको छ ।
मस्कले भने आफ्नो यस कदमको बचाव गरेका छन् । आफूले जर्मनीमा उल्लेख्य लगानी गरेकोले जर्मनीको राजनीतिबारे सोच्न पाउने आफ्नो अधिकार भएको मस्कको तर्क छ । नियमन, कर र बजारको विनियमनप्रति एएफडीको दृष्टिकोणको मस्कले प्रशंसा गरेका थिए ।
जर्मन चान्सलर ओलाफ स्कल्ज नेतृत्वको गठबन्धन सरकार ढलेको स्थितिमा जर्मनीमा फेब्रुअरी २३ मा संसदीय निर्वाचन हुँदै छ । अहिले भइरहेको जनमत सर्वेक्षणमा मुख्य प्रतिपक्ष दलपछि एएफडी दोस्रो स्थानमा देखा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी