आठ वर्षपछि टुंगियो एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेद मुद्दा
मङ्गलबार, १६ पुस २०८१, १२ : २९
![आठ वर्षपछि टुंगियो एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेद मुद्दा](https://npcdn.ratopati.com/media/news/dd914020-c736-11ef-94cb-5f844ceb9e30.jpg_9Rt6ceat3L.webp)
वासिङ्टन डिसी । हलिउड स्टार्स एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेदको मुद्दा टुंगिएको छ । आठ वर्षपछि यी दुईले सम्बन्ध विच्छेदको मुद्दा सल्ट्याएको जोलीको वकिलले सञ्चार माध्यमलाई बताएको भन्दै बीबीसीले समाचार छापेको छ । पिटको वकिलले भने तत्कालै यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैनन् ।
यस जोडीले लामो रिलेसनपछि सन् २०१४ मा बिहे गरेका थिए । जोलीले मिलाउनै नसकिने मतभेदतर्फ औँल्याउँदै सन् २०१६ मा सम्बन्धविच्छेदको लागि याचिका दायर गरेकी थिइन् । योलगत्तै ६ जना सन्तानको विषयलाई लिएर दुबैबीच व्यापक असमझदारी उत्पन्न भएको थियो ।
सन् २०२१ मा एक जना न्यायाधीशले दुबैलाई सन्तानको ‘संयुक्त कष्टडी’ दिएका थिए । सन् २००५ मा मिष्टर एन्ड मिसेज स्मिथको सेटमा भेट भएपछि दुबैबीच प्रेम सम्बन्ध शुरु भएको थियो । यो पिटको दोस्रो र जोलीको तेस्रो बिहे थियो ।