तीन स्थानमा आगलागी, विभिन्न धनमाल जलेर नष्ट
मङ्गलबार, १६ पुस २०८१, ११ : ४८
काठमाडौं । सोमबार देशका तीन स्थानमा आगलागीका घटना भएका छन् । प्रहरीका अनुसार झापाको कमल गाउँपालिका-५ पाथिभारा टोल बस्ने बिनोद खरेलको लक्ष्मी पशु तथा कृषि गाई फर्ममा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी झापाकै बिर्तामोड नगरपालिका-७ मियावारी बस्ने ललित बहादुर अधिकारीको मिल घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा मिल घरसँगै रहेको ग्वाली घर समेत जलेर करिब २५ लाख बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी म्याग्दीको मालिका गाउँपालिका-४ महभिर बस्ने ६५ वर्षीय भिम बहादुर गुरूङको कच्ची घरमा सोमबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?