शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँसहित ७ स्थानमा दुर्घटना,  ८ जनाको मृत्यु

मङ्गलबार, १६ पुस २०८१, ११ : ४५
मङ्गलबार, १६ पुस २०८१

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौँसहित ७ स्थानमा दुर्घटना भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रुपन्देही, बाँके, बारा, डडेलधुरा र सर्लाहीमा भएका दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार काठमाडौंको तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित सडकमा बा.९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सखुंवासभा चैनपुर नगरपालिका-९ घर भई काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएकी ३५ वर्षीया गोमा मगरको सोमबार साँझ मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उक्र माइक्रोले रोकी राखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेतलाई ठक्कर दिई दुर्घटना भएको थियो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-१८ सौराहास्थित सडकमा लु.२६ प ६३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय डोलराज थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

बाँकेको बैजानाथ गाउँपालिका-५ स्थित सडकमा पनि भे.१२ प ८७८६ नम्बरको मोटरसाइकल साइकलसँग सोमबार साँझ ठक्कर खाई पुन: भे.९ प ९६६ नम्बरको स्कुटरमा समेत ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-३ बस्ने ३० वर्षीय नोशन चौधरीको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार बाराको सिम्रौनगढ नगरपालिका-११ लक्ष्मीनिया चोकमा म.प्र.२-०३-००७ प २०६० नम्बरको मोटरसाइकल र बा.प्र.०१-०३ च ४०७८ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट कटहरीया नगरपालिका-२ बिर्ती टोल बस्ने २५ वर्षीय सुरेश यादवको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै नेशनल मेडिकल कलेज वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै डडेल्धुराको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक साहुखर्कबाट गैरातर्फ जाँदै गरेको से.२ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक कैलाली घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने सर्लाहीको बरहथवा नगरपालिका-९ मधुवनीस्थित शान्ति चोकमा भएको दुर्घटनामा पनि २ जनाले ज्यान गुमाएका छन् । 

 ज.१ त ९८७६ नम्बरको ट्याक्टर र ज.४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतोको एड्भान्स सञ्जीवनी अस्पतालमा र मोटरसाइकलमा सवार २२ वर्षीय पुरूषोत्तम दासको बयोधा अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको भन्दै प्रहरीले सबै घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप