‘कार्साङ’ अभिनयका लागि आगोमा हिँडे – दयाहाङ
काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘कार्साङ’ अभिनयका लागि आफूले आगोमा हिँडेको बताएका छन् । फिल्ममा झाँक्री भूमिका निर्वाह गर्ने सिलसिलामा आफूले आगोमा हिँडेको उनको भनाई रहेको थियो ।
‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नुपर्ने थियो । फिल्ममा चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो’, दयाहाङले भने ‘डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ ।’ आगोमा पसेपछि आफूलाई साँच्चिकै राप मारिएको अनुभव भएको उनले सुनाए । ‘झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेछ’ उनले थपे ।
सोमबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा दयाहाङले फिल्म ‘कार्साङ’ अनुभव आफ्ना लागि निकै अस्मरणिय भएको बताए । उनले फिल्म शेर्पा समुदायको कथामा भएपनि सबैको मन जित्ने फिल्म बनेको बताए । उनले फिल्ममा आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा रहेको सुनाए ।
कार्यक्रममा निर्देशक यम शेर्पाले फिल्मको कथा आफैँमा राम्रो भएकोले दर्शकको मन छुने बताए । फिल्मलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मनपराउने उनको भनाइ छ ।
कलाकार जितु नेपालले फिल्मको विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो भएको धारणा राखे । आफू विदेशमा हुँदा धेरैले यो फिल्मको विषय र भूमिकालाई लिएर धेरैले चासो देखाएको बताए ।
अभिनेत्री सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो फिल्म भएपनि राम्रो काम गरेको बताइन् ।
पुस २६ गतेबाट रिलिज हुने फिल्म शर्पा समुदायको कथामा आधारित पारिवारिक फिल्म हो । फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ ।
फिल्ममा दयाहाङ, सिर्जना, जितुसँगै दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा रहेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा विमान भवनमा ठोक्कियो
-
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
-
राप्रपाले पृथ्वी जयन्तीमा चियापनका साथ महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता ऱ्याली गर्ने
-
संविधान अनुसार प्रदेशलाई अधिकार नदिएर बुख्याचा बनाइयो
-
माईजोगमाई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा नामसालिङ मावि च्याम्पियन
-
अधिकार पाएको छैन भन्दैमा चुप लागेर बस्ने कुरा आउँदैन : मन्त्री लामिछाने