शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

उपत्यका र तराईमा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?

मङ्गलबार, १६ पुस २०८१, ०६ : ०७
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ । 

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप