म्यान्चेस्टर युनाइटेडको ऐतिहासिक बेइज्जत, १९६२ पछि ओल्ड ट्राफोर्डमा लगातार तेस्रो हार

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले फेरि खराब लय पक्डिएको छ । सोमबार राती भएको खेलमा म्यानयु घरेलु मैदानमै न्यूक्यासल युनाइटेडसँग २-० ले हारेको हो । गएको शुक्रबार राती भएको खेलमा समेत म्यानयु वुल्भ्सँग २-० ले नै हारेको थियो ।
न्यूक्यासलले १९७२ पछि ओल्ड ट्राफोडमा म्यान्चेस्टर युनाइटेडलाई दोस्रो पटक हराएको छ । म्यानयुले ६० वर्षपछि पहिलो पटक सबै प्रतियोगितामा घरेलु मैदानमा लगातर तेस्रो हारको चोट सहनु परेको छ । १९६२/६३ को सिजनपछि म्यान्चेस्टर युनाइटेडले कुनै पनि प्रतियोगितामा घरेलु मैदान मै यसरी लगातार तेस्रो हार व्यहोरेको रेकर्ड थिएन ।
सोमबार राती म्यानयुलाई हराउन ओल्ड ट्राफोर्डमा न्यूक्यासलका इसाक र जोएलिंटनले गोल गरे । यो हारले म्यानयु अंक तालिकाको १४औं स्थानमा झरेको छ भने न्यूक्यासल झण्डै च्याम्पियन्स लिग जोन नजिक पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो