चेल्सीको ओरालो यात्रा जारी, फेरि कमजोर टोलीसँग पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी फेरि पराजित भएको छ । सोमबार राती भएको खेलमा चेल्सी इप्सविच टाउनसँग २-० ले पराजित भएको हो । चेल्सीको यो लागातार दोस्रो हार हो । यसअघि चेल्सी शुक्रबार फुल हमसँग २-१ ले हारेको थियो ।
इप्सविचको घरेलु मैदानमा भएको खेलमा फेलिक्स ले गरेको एउटा प्रहार पनि भीएआरले मान्यता नदिएपछि चेल्सी झन् गोल विहिन बन्यो । अघिल्लो खेलमा कमसे कम एक गोल फर्काएको थियो । रेलिगेशन जोनमा रहेको इप्सविचका लागि देलाप र हचिंसनले एक-एक गोल गरे ।
दोस्रो स्थानमा पुसिकेको चेल्सी लगातारका दुई हारले चौथो स्थानमा झरेको छ भने शीर्ष स्थानको लिभरपुलसँग १० अंकको दुरी कायम भएको छ । शीर्ष स्थानको लिभरपुलको १८ खेलबाट ४५ अंक हुँदा चेल्सीको १९ खेलबाट ३५ अंक मात्रै छ । सोमबार रातीको सेड्युलको पहिलो खेलमा एभर्टनन र ब्राइटनले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातृत्व जोगाउने अभियानको शुभारम्भ
-
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने
-
सैफ अली खानमाथि आक्रमणको मुद्दामा १६१३ पृष्ठको आरोपपत्र : के-के छ ?
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा
-
एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन
-
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना