अखिल क्रान्तिकारीको उमेर हदले नयाँ तरंग ल्यायो : शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका फ्राक्सन इन्चार्ज हिमाल शर्माले अखिल (क्रान्तिकारी) मा ३२ बर्षे उमेरहद कायम गरिनु ऐतिहासिक परिघटना भएको बताएका छन् । सो संगठनमा उमेर हद कायम भएको भोलिपल्ट सोमबार सामाजिक सञ्जालमार्फत शर्माले सो कुरा बताएका हुन् ।
शर्माले उमेरहद संगठनभित्र कसैको जितहार नभई बरु राजनीति वृतमा नयाँ मुद्दा स्थापित गराउने काम भएको बताएका छन् । यस घटनाले माओवादी केन्द्र लगायत राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको बताएका छन् । यसले अन्य विद्यार्थी संगठनहरुलाई समेत दवावमा परिरहेको उनले बताएका छन् ।
शर्माले भनेका छन्- ‘नेविसंघमा नेपाली कांग्रेस पार्टीले माथिबाट लादिएको उमेरहद यतिवेला हटाउने प्रयास भैरहदा क्रान्तिकारीको यस निर्णय पछि अफ्ठेरोमा पारेको छ ।’
यस्तो छ शर्माको स्टाटस् :
उमेर हद सङ्गठन भित्र कसैको जित हार हुँदै होइन बरु राजनीति वृत्तमा नयाँ मुद्दा स्थापित गराएको मात्र हो ।
अखिल (क्रान्तिकारी)ले आफ्नो सङ्गठनभित्र ३२ बर्से उमेर हद कायम गरेको छ । विद्यार्थी आन्दोलनमा यो एउटा ऐतिहासिक परिघटना हो । सङ्गठन भित्र कसैको हारजित होइन ! यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरङ्ग ल्याएको छ । अन्य विद्यार्थी सङ्गठनहरूलाई समेत दबाबमा परिरहेको छ । नेविसंघमा नेपाली कांग्रेस पार्टीले माथिबाट लादिएको उमेर हद यतिवेला हटाउने प्रयास भैरहदा क्रान्तिकारीको यस निर्णय पछि अफ्ठेरोमा पारेको छ ।
हदबन्दी उमेर मुनीका साथीहरू,
सबैले बुझ्नु पर्ने कुरा यो छ की तिनै ३२ वर्ष उमेर काटेका सङ्गठनको नेतृत्व तहमा बस्ने लिडरहरूले राष्ट्रिय सम्मेलनमा उमेर हदको एजेन्डालाई विधिवत् प्रस्तुत गरेका थिए र त यो प्रक्रिया सम्भव भएको हो ।
उमेर हद्दका कारण बिदा हुने साथीहरू :
२०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रक्रियाबाट यो एजेन्डाको टुङ्गो लागेको छ । ३२ वर्ष पुरा हुने जो तपाई नेताहरू हुनुहुन्छ तपाईँको इच्छा विद्यार्थीको बिचबाट आफूलाई परीक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसाबले जायज नै छ । तर एउटा विधि अगाडी बढिसकेकोले तपाईहरु यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडी बढेर यसको सम्पुर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ ।
पार्टी भित्र नवीनतम बहस पैरवी गरेर नीति निर्माण तहमा युवाहरुलाई मौका दिनु पर्छ भन्ने एजेन्डा स्थापित गराउन तपाइहरूसँग उच्चतम नैतिक हैसियत रहन्छ । ईतिहास र घटनाक्रमले यो कुरा तपाईँलाई सुम्पेको छ ।
जहाँसम्म तपाईँहरूको जिम्मेवारीको प्रश्न छ । आगामी पौष २१ गते देखी शुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकमा एउटा एजेन्डा बन्ने छ । तपाईँहरूलाई पार्टीले उचित र महत्त्वपूर्ण जिम्मेवारी सुम्पनेछ भन्ने मलाई विश्वास छ ।
सम्मेलनको अर्को महत्त्वपूर्ण काम बाँकी छ त्यो हो नेतृत्व निर्माणको । माघ १२ गते निर्वाचन बाट आएको कमिटीलाई हस्तान्तरण गर्नु तपाईँहरूकै जिम्मेवारी हो । यति मात्र होइन आगामी फागुन १५ गते हुने स्ववियुको निर्वाचनमा नयाँ टिमलाई सहजीकरण गरेर सफल तुल्याइदिने कुरा तपाईँहरूकै कर्तव्य बन्न पुग्दछ ।
अन्त्यमा ,
माघमा १२ पछि नेतृत्वमा आउने नयाँ पुस्ता तपाईँहरू धेरै नमात्तिनुहोला । यो बोनसमा पाएको अधिकार पक्कै होइन बरु लामो समय देखी चलेको बहसलाई वर्तमान नेतृत्वले विधिसंगत हिसाबले संस्थागत गराइदिएको कुरा कहिल्यै नभुल्नु होला ।
तपाईँहरूको अव परीक्षा सुरु भएको छ वैचारिक र साङ्गठनिक हिसाबले विद्यार्थी आन्दोलनलाई सही बाटोमा डोर्याउनुहोस् । आशा छ तपाई जुझारु युवाहरूले कुशल नेतृत्व प्रस्तुत गरेर यस परिघटनालाई सार्थक तुल्याइदिनु हुने छ भन्ने विश्वास लिएको छु ।
सहिदको बलिदान, अग्रज र तपाईँहरूका निवर्तमान सिनियर जो उमेरको प्राविधिक कारणले बिदा लिँदै हुनुहुन्छ , उहाहरुको सकारात्मक स्प्रिटलाई फलो गर्नुहोला र कमीकमजोरीबाट शिक्षा लिनुहोला । कलम र तारा अङ्कित रक्तरंजित झन्डालाई दह्रोसँग समात्नुहोला । कदापी झुक्न नदिनुहोला मेरो अग्रिम शुभकामना छ ।
- हिमाल शर्मा
फ्राक्सन इन्चार्ज
१५ पौष २०८१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद सुरुवात
-
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
-
कानुन निर्माणलाई तीव्रता दिने कसरतमा सत्तारुढ दल
-
समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि भरत थापाको नेतृत्वमा समिति गठन
-
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह