बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद

सोमबार, १५ पुस २०८१, २२ : ००
सोमबार, १५ पुस २०८१

आज २०८१ पुस १५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • जिमी कार्टरको निधन

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टरको १०० वर्षको उमेरमा निधन भएको उनको फाउण्डेशनले जनाएको छ ।  मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियास्थित घरैमा निधन भएको फाउण्डेशनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

  • प्रकाण्डको विश्लेषण

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग सुर्खेत आएको अवसरमा रातोपाटीले समसामयिक विषयमा रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको अंश:

  • च्याउ दिवस

नेपाल च्याउमा आत्मनिर्भर छ । नेपालमा च्याउको आन्तरिक कारोबार मात्रै करिब १५ अर्बको छ । नेपालमा प्रशस्त उत्पादन हुने भएकाले विदेशबाट निकै काम मात्रामा आयात हुने गरेको छ ।

  • बजेट खर्च हुनै सक्दैन

सरकारले चालु आर्थिक वर्ष (२०८१/०८२) मा सडक मर्मतका लागि ९ अर्ब ८४ करोड ४१ लाख २३ हजार रुपैयाँ  बजेट विनियोजन गरेको थियो । जसमध्ये ९ अर्ब ५१ करोड १५ लाख ५६ हजार ८१० रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत भएको सडक बोर्डले जनाएको छ ।

  • बिक्रीमा स्कुटर अगाडि

नेपालमा पछिल्ला केही वर्षदेखि स्कुटरको माग तीव्र बढेको छ । यसले गर्दा दुई पाङ्ग्रे सवारी साधनको बजार केही बदलिएको छ । बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्रीपछि व्यावसायिक घरानाहरूको व्यापार पनि फेरिएको छ । 

  • ओलम्पिक कमिटीमा जबरजस्ती

सर्वोच्चको आदेशसँगै सरकारले पनि एनओसीलाई नयाँ निर्वाचनको प्रक्रियामा अघि नबढ्न भनेको थियो । तर ती सबैलाई आदेश र निर्देशनलाई बेवास्ता गर्दै जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष निर्वाचित भएको घोषणासहित आइतबार एनओसीले नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको जानकारी गराएको थियो ।  

  • पार्टीलाई नै धक्का

 प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विभाग र जबस/मोर्चा लामो समयदेखि अस्तव्यस्त छ । २०७८ पुसमा भएको आठौँ महाधिवेशनबाट सङ्गठनलाई चुस्तदुरूस्त बनाउने दाबी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । 

  • नयाँ यात्रामा गौतम र रावल

कुनै समय एउटै पार्टी नेकपा (एमाले)मा रहेका नेता वामदेव गौतम र डा. भीम रावल अहिले फरक धारमा छन् । २०७८ सालमा एमालेसँग विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा एमालेमै बसेका रावल र दुवै पार्टीमा नलागेर छुट्टै अभियान चलाएका गौतम अहिले पनि अलगअलग मुभमेन्टमा सक्रिय छन् ।

  •  ‘उमेर हद’ले अनेरास्ववियुलाई प्रेसर

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेपाली कांग्रेस निकट नेविसंघमा उमेर हद कायम भएपछि एमाले निकट अनेरास्ववियु ‘प्रेसर’मा परेको छ । अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद पक्षधर र त्यसको विपक्षमा विद्यार्थी नेताहरू बाँडिएपछि लामो समयदेखि अधिवेशन हुन सकेको थिएन । सो सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने भन्ने विवाद अन्त्य गर्न शनिबार भएको मतदानमा ३२ वर्ष उमेर हदको पक्षमा बहुमत आएको थियो ।

  • दलको नेता बन्न विवाद

रास्वपामा संसदीय दलको नेताको जिम्मेवारी उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको छैन । दलका नेता बन्न कार्यवाहक सभापति अर्याल र उपसभापति डा. स्वर्णिम वाग्ले लागेको चर्चा छ । सोही कारण विवाद उठेको नेताहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप