काभ्रेमा विपदबाट ३ हजार ३२८ निजी आवासमा क्षति

काभ्रे । काभ्रेमा विपदका घटनाको ३ महिनापछि क्षतिको पूर्ण विवरण सार्वजनिक गरिएको छ । गत असोजमा परेको अबिरल वर्षा पछि आएको बाढी पहिरोको प्रारम्भिक क्षतिको विवरण तीन महिनापछि सार्वजनिक गरिएको हो ।
सहरी विकास तथा भवन कार्यालय काभ्रेले जिल्लामा भएका निजी आवास तथा सरकारी कार्यालयको क्षति विवरण सार्वजनिक गरेको हो । कार्यालयका अनुसार काभ्रेमा ३ हजार ३२८ निजी आवासमा क्षति पुगेको छ भने १२ सरकारी भवन पूर्णरुपमा तथा १३५ वटामा आंशिक क्षति पुगेको छ । ८ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने १ सय ३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ ।
सहरी विकास तथा भवन कार्यालय काभ्रेका प्रमुख भूमिनन्द ढकालका अनुसार निजी आवासमध्ये २ हजार ५७७ घर पूर्णरुपमा क्षति भएका भने ७५१ घरमा आंशिक क्षति पुगेको छ । विभिन्न स्थानका ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् ।
जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बेथानचोक तथा सबैभन्दा कम क्षति महाभारत गाउँपालिकामा छ । बेथान्चोक गाउँपालिकामा ६२९, नमोबुद्ध नगरपालिकामा ४८९ र रोशी गाउँपालिकामा ३५० घर र तेमालमा ४३९ घर पूर्ण रुपमा क्षति भएका छन् । चौरीदेउराली गाउँपालिकामा १३४, भुम्लु गाउँपालिकामा १२२ वटा घर क्षति भएका छन् । धुलिखेलमा ८०, पाँचखालमा ७६, खानीखोलामा ४५, महाभारतमा २३, बनेपामा ४७, पनौतीमा ५९ र मण्डनदेउपुर नगरपालिकामा ८४ वटा घर पूर्ण रुपमा क्षति भएका छन् ।
त्यस्तै बेथान्चोक गाउँपालिकामा १ हजार ५२०, नमोबुद्ध नगरपालिकामा १ हजार १२४ र रोशी गाउँपालिकामा ७१० घर, तेमालमा ५३४ घर चौरीदेउराली गाउँपालिकामा ३०७, भुम्लु गाउँपालिकामा ८४ वटा घर, धुलिखेलमा ५७२, पाँचखालमा ४२४, खानीखोलामा ५६, महाभारतमा १०, बनेपामा ७९, पनौतीमा २७२ र मण्डनदेउपुर नगरपालिकामा ६१३ वटा घर आँशिक रुपमा क्षति भएका छन् ।
काभ्रेमा ६८ घर परिवार स्थानान्तरण गर्नु पर्ने छन् । खानिखोलामा ५, मण्डनदेउपुरमा १३, चौरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथान्चोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए ।
बाढी पहिरोबाट काभ्रेमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना अझै बेपत्ता छन् ।
जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विवरण अनुसार पुनर्निर्माण तथा पुनर्स्थापना लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता