चिसोमा हुनसक्छ आँखाको सङ्क्रमण, कसरी जोगिने ?
काठमाडौँ । चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आर्द्रता कम हुन्छ । यो मौसममा हावा पनि बढी चल्ने गर्दछ । चिसो भएकाले मानिसले पानी प्रशस्त मात्रामा नपिउँदा शरीर सुख्खा हुँदै जान्छ । त्यसैले चिसोको समयमा आँखा सुख्खा बढी हुन्छ ।
चिसो मौसममा भाइरसको सक्रियता बढी हुन्छ । शरीरको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण भाइरल कन्जन्टिभाइटिस इन्फेक्सन हुने खतरा बढी हुन्छ । जसलाई ‘आई फ्लू’ पनि भनिन्छ । ‘आई फ्लू’ सरुवा हो । उक्त रोग एक आँखाबाट अर्को आँखामा बढी चाँडै सर्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ ।
यसैगरी, चिसो मौसममा सिजनल एलर्जी (आई एलर्जी) आँखा रातो हुने, चिलाउने, बिझाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिलहरू सुन्निने र कडा किसिमको चिप्रा आउने समेत हुन्छ । चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुँदा (कम्प्युटर भिजन सिन्ड्रम) देखिन्छ । जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ ।
हिमपात हुने क्षेत्रमा चिसो मौसमका बेला आँखाको नानीमा घाउ हुनसक्ने आँखा दुख्ने, आँसु बढी आउने हुन्छ । यसलाई ‘फोटोकेराटाइटिस’ भनिन्छ । यो भनेको सूर्यको किरण हिमपातमा ठोकिएर आँखामा रिफ्फ्लेट हुने भएकाले आँखामा यो समस्या ल्याउन सक्छ । योबाट बच्नका लागि हिमाली क्षेत्रमा जाडो मौसममा एन्टी रिफ्लेक्टिभ वा पोलारोईड ग्लासेस लगाउन आवश्यक छ ।
- जोगिन के गर्ने ?
सुख्खा आँखाबाट बच्नका लागि सकेसम्म चिसो मौसममा घर बाहिर ननिस्किँदा राम्रो हुन्छ । यदि निस्कनै परेमा आँखामा रक्षाका लागि उचित किसिम र साइजको चस्मा लगाउन उपयुक्त हुन्छ ।
आँखा धेरै नै सुख्खा भएमा चिकित्सकको सल्लाह अनुसार झोल औषधी (आर्टिफिसियल टियर्स) प्रयोग गर्न सकिन्छ । सोबाहेक घरभित्र बस्दा पनि धेरै समय हिटरको प्रयोग नगर्ने, हिटर वा आगोको नजिक नजाने, आगो वा हिटर प्रयोग गर्दा बाल्टी वा बाटामा पानी पनि राख्नुपर्छ यसले वायुको आर्द्रता कायम गर्दछ ।
‘आई फ्लु’ बाट बच्नका लागि धेरै भिडभाडमा नजाने, समय समयमा साबुन पानीले हात धोइराख्ने, हातलाई आँखामा लैजानु हुँदैन । त्यति गर्दागर्दै पनि समस्या देखिएमा चिकित्सकसँग सल्लाह गरेर आवश्यक उपचार गराउनु पर्छ ।
सिजनल एलर्जीले बच्चालाई बढी असर गर्ने गरेको देखिन्छ । त्यसैले सकेसम्म बच्चालाई चिसोमा लिएर नजाने, तातो पारेर राख्ने, एलर्जीको समस्या देखिहालेमा चिकित्सकसँग सल्लाह गरी उपयुक्त उपचार गर्नुपर्ने हुन्छ ।
कम्प्युटर भिजन सिन्ड्रम हुँदा कम्प्युटर धेरै नचलाउने र चलाउनै परेमा २०/२०/२० नियम पालन गर्ने गर्नुपर्छ । उक्त नियम भनेको २० मिनेट मोबाइल वा कम्प्युटर चलाएपछि २० सेकेन्डको लागि कम्प्युटरबाट उठेर २० फिट टाढाको वस्तु हेर्ने हो । सँगै आँखालाई २० देखि २४ पटक खोल्ने चिम्लिने गर्नुपर्छ । यसबाहेक प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । यसका साथै ‘ब्लू कट’ चस्माको पनि प्रयोग गर्न सकिन्छ ।
मोतीबिन्दु देखिएको भएमा चिकित्सकको आवश्यक सल्लाह अनुसार शल्यक्रिया गर्न सकिन्छ । अत्यधिक मोबाइल र कम्प्युटरको प्रयोगले बालबालिकामा दृष्टिदोष (मायोपिया) पनि बढेको पाइन्छ । त्यसैले बच्चालाई अत्यधिक मात्रामा मोबाइल र कम्प्युटर प्रयोग गर्न दिनुहुँदैन ।
(डा. पञ्जीयार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ नेत्र रोग विशेषज्ञ हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले