नेपाललाई ४ स्वर्ण
सोमबार, १५ पुस २०८१, २१ : ०७

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौँ मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन् । यसबाहेक नेपालले थप समान १–१ रजत र कांस्य पनि प्राप्त गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।
पुरुष पुम्से ३० वर्षमाथि चन्द्र राना मगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जिते । निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पनि जितिन् । सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत हात पारिन् ।
चीनको नान्जिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन् । नेपालका विकेश विडारी टोलीका प्रशिक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने
-
आन्दोलनमा उत्रिएका ग्यास उद्योगीलाई मन्त्रालयले बोलायो छलफलमा
-
नेपालकाे कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन केपी ओलीलाई विद्या भण्डारीको सुझाव
-
खाना पकाउने तेलले तपाईंको स्वास्थ्यमा कस्तो पारिरहेको छ असर ?